१२ बैशाख २०८१, बुधबार 1713991083
समाचार

थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं- देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।