६ बैशाख २०८१, बिहीबार 1713499702
कला/साहित्य

सोनम कपुरको घरमा चोरी

नयाँ दिल्ली : बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहुजाको दिल्लीको घरमा चोरी भएको छ । उनीहरुको घरबाट चोरहरुले १ करोड ४१ लाख भारु बराबरका गरगहना र नगद चोरेका छन् । यस विषयमा प्रहरीले एफआईआर दर्ता गरेको छ ।

सोनमको नयाँ दिल्लीस्थित अमृता शेरगिल मार्गमा बनेको यो घरमा सोनमका ससुरा हरीश आहुजा, सासू प्रिया आहुजा र आनन्दकी हजुरआमा सरला आहुजा बस्छन्।

सोनमकी सासूले यस विषयमा तुघलक रोड प्रहरी चौकीमा उजुरी दिएकी छिन् र यो सम्पूर्ण विषयमा उनका स्टाफसँग छलफल भइरहेको छ । दिल्ली प्रहरीले चोरहरूलाई पक्रन टोली पनि बनाएको छ। यससँगै दिल्ली प्रहरीले घरका २५ कर्मचारी, ९ केयरटेकर, चालक, माली र अन्य कर्मचारीसँग सोधपुछ गरिरहेको छ ।