६ जेष्ठ २०८१, आईतवार 1716118152
Banner

नारायण दाहाल राष्ट्रियसभामा नियुक्त हुनु नातावादको पराकाष्ठा : अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको जिकिर गर्नुभयो ।

अध्यक्ष ओली शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । अध्यक्ष ओलीले प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।’