७ जेष्ठ २०८१, सोमबार 1716260316
खेलकुद

काठमाडौँ र चितवन बराबरीमा

नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स र चितवन एफसी बराबरीमा रोकिएको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा काठमाडौँ र चितवन १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा अग्रता चितवनले लिएको थियो । ८६औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै चितवनको उत्साह जगाउनुभयो । त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौँका जुनियर एकेनगुएले गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो ।

बराबरीसँगै काठमाडौँले दुई खेलबाट चार अङ्क बनाएको छ । चितवनको एक अङ्क छ ।