१६ बैशाख २०८१, आईतवार 1714335735
Banner

केपी ओली टी–२० क्रिकेट : पुलिस क्लबलाई सुदूरपश्चिमले हरायो

काठमाडौं । पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको राष्ट्रिय टोलीका समावेश नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम प्रदेशले पराजित गरेको छ । आज पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले सो उपाधि हासिल गरेको हो ।
पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए । कुनै समय ४६ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमका किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट साझेदारी गरे ।

थगुन्ना राउदले ९३ रनको उत्कृष्ट साझेदारी गरे । कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट, सुनिल धमला र सागर ढकालले १–१ विकेट लिए ।