२१ बैशाख २०८१, शुक्रबार 1714784102
Banner

केपी ओली प्रथम टी–२० क्रिकेट समूहमा मधेश प्रदेशलाई ५९ रनको लक्ष्य

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा पोखरमा आयोजित प्रथम केपी ओली कप टी–२० क्रिकेटको समूह सीअन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिम १५ औं ओभरको अन्तिम बलमा ५८ बलमा अलआउट भयो ।

उसका लागि नरेन साउदले सर्वाधिक १८ तथा किरन ठग्गन्ना र भोजराज भट्टले समान १० रन जोडे । अन्य कुनैपनि ब्याटरले रन जोड्न सकेनन् ।

बलिङतर्फ मधेशका कप्तान हरिशंकर साहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ११ रन खर्चिएका थिए । त्यस्तै रुपेश सिंहले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट लिए ।