७ जेष्ठ २०८१, सोमबार 1716250792
Banner

नेपाल सुपर लिग : झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै 

काठमाडौँ–नेपाल सुपर लिग (एनएसएल)मा आज दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजे हुनेछ । 

झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् ।

इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौँ रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।