६ बैशाख २०८१, बिहीबार 1713478692
Banner

आफ्नो अक्षमता ढाकछोप गर्न सरकारले गर्‍यो नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयको निर्देशनसम्बन्धी सूचना चुहाएकोलगायत आरोप गभर्नर अधिकारीमाथि लगाइएको हो । अधिकारीलाई शुक्रबार निलम्बन पत्र दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको एक मन्त्रीले जनाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अधिकारी निलम्बनमा परेको पुष्टि गरेका छन् ।

यसैबीच, अधिकारीमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनाइएको छ । समितिलाई छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी निलम ढुंगानालाई डेपुटी गभर्नरको जिम्मेवारी दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।