६ जेष्ठ २०८१, आईतवार 1716106830
राजनीति

वसन्तपुरमा आयोजित शुभकामना आदानप्रदानमा अध्यक्ष ओली सहभागी हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको मौलिक सम्वत नेपाल सम्वत ११४४, नववर्ष, तिहार र छठ पर्वको सुखद उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा (जलपान) एवं साँस्कृतिक कार्यक्रमलाई संबोधन गर्ने भएका छन् ।

नेपाल संवत तथा नववर्ष, तिहार र छठलगायत पर्वको उपलक्ष्यमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने नेकपा एमाले काठमाडौं महानगर कमिटी इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

कार्यक्रम वसन्तपुरमा हुने महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले बताए । कार्यक्रममा चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम हुने उनले बताए ।

महानगर कमिटीले २०८० साल मंसिर ९ गते दिनको १ बजे बसन्तपुर जाऔं, नेपालका संस्कृति, सम्पदाका संरक्षण गरौं,लिपि, भाषा, सम्वत् लाई गर्वको बिषय बनाऔँ, समृद्धि, खुसी र सुखलाइ बिषय बनाऔँ, चित्रकला कार्यशालामा सामेल बनौं, रक्तदानमा सामेल बनौं, चङ्गा प्रतियोगितामा पहिलो, दोश्रो, तेस्रो हुनेलाई पुरस्कार दिने कार्यक्रममा पनि सामेल बनौं भन्दै कार्यक्रममा सहभागिताका लागि अपिलसमेत गरेको छ ।

फुयालका अनुसार चित्रकला प्रतियोगितामा पहिलो, दोश्रो, तेस्रो हुनेलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । चंगा प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ ।