१४ बैशाख २०८१, शुक्रबार 1714155936
Uncategorized

कार्यकर्तासँग जोडिन एमालेले ल्यायो मोबाइल एप, यस्तो छ डाउनलोड गर्ने तरिका

काठमाडौँ । नेकपा एमालेसँग जोडिन अब झनै सजिलो भएको छ ।

एमालेले मोबाइल एप्लिकेशन लन्च गरेसँगै अब डिजिटल्ली एमालेसँग जोडिन सहज भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू र एमालेसँग प्रत्यक्ष जोडिन तथा पार्टीका गतिविधिमा सहभागी हुन र जानकारी लिन पार्टीको एप डाउनलोड गर्न आग्रह गर्नुभएको छ ।

ओलीले भन्नुभयो, ‘म र पार्टीसँग प्रत्यक्ष जोडिन तथा पार्टीका गतिविधिमा सहभागी हुन र जानकारी लिन पार्टीको एप डाउनलोड गर्नु हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईलाई हार्दिक अनुरोध गर्दछु ।”

अध्यक्ष ओलीले पार्टीका बारेमा ऐतिहासिक जानकारी, दस्तावेज, पार्टीले तयार पारेका सामग्री तथा प्रशिक्षणका सामग्रीहरु एमार्फत जानकारी हुन सक्ने बताउँदै एप डाउनलोड गरेर जानकारीहरु आफ्ना हातमा लिन आग्रह गर्नुभएको छ ।

एपमा आफ्नो पार्टीको सदस्यता पत्र डिजिटल रुपमा प्राप्त गर्न सकिने भन्दै यो वृहत एपमा पार्टीका कुनै पनि कार्यक्रममा प्रत्यक्ष रुपमा जोडिन सक्ने भन्दै ओलीले जति धेरै डाउनलोड गरेर पार्टीका गतिविधिसाग जीवन्त ढंगले जोडिन आग्रह गर्नुभएको हो ।

चुनाव नजिकिँदै गर्दा मिध्या सूचना प्रवाह गरेर एमालेविरुद्ध लाग्नेहरुको कमि नभएको भन्दै ओलीले सत्य तथ्य सूचनाका लागि एपमार्फत पार्टीमा सदैव जोडिन अनुरोध गर्नुभएको छ ।

एप डाउनलोड गर्नका लागि  http://onelink.to/f2qb9e क्लिक गर्नुहोस् ।

https://fb.watch/ceyd4n-YO_/