२०७९ मंसिर २० मंगलवार 1670383726
अर्थ

मेगा बैंकको सीईओबाट अनुपमा खुँञ्जेलीले दिइन राजीनामा

काठमाडौं । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट अनुपमा खुँञ्जेलीले राजीनामा दिएकी छिन्।

खुँञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी छँदै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएकी हुन्। उनको ४ वर्षे कार्यकाल चैत २९ गते सकिँदै थियो।

२०७४ चैत ३० गते मेगा बैंकको सीईओ पदमा नियुक्त भएकी खुँञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन्।