१४ बैशाख २०८१, शुक्रबार 1714114535
अर्थ

सुनको मूल्य पाँच सय बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।