५ जेष्ठ २०८१, शनिबार 1716080193
Banner

लक्ष्मीपुजाको आगो सल्किंदा उर्लाबारीमा २७ जना घाइते

काठमाडौं । लक्ष्मीपुजाको आगो सल्किंदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरका सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहरी र सर्वसाधरण घाइते भएका हुन् । इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारी अनुसार अनुसार आगो निभउाने क्रममा २७ जना घाइते भएका छन् ।

घाइतेहरु मध्ये केहीको विराटनगरको आर्या अस्पताल,केहीको विर्तामोडको वि एण्ड सी,केहीको उर्लाबारीको अरनिको र केहीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।