११ बैशाख २०८१, मंगलवार 1713900712
राजनीति

तालमेल नगरी काँग्रेसले एक्लै चुनाव जित्छ : शेखर कोइराला

विराटनगर -नेपाली कांग्रेस नेता शेखर कोइरालाले आपसी तिक्ततालाई बिर्सेर नेता, कार्यकर्ता एक हुने हो भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल गरिरहन जरुरी नभएको बताउनुभएको छ ।

महाधिवेशनको आपसी तिक्तता सबैले बिर्सदै एक भएर चुनावमा होमियौं, मोरङ कांग्रेसले बिहीबार विराटनगरमा गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा कोइरालाले भन्नुभयो कांग्रेसी एक हुने हो भने कसैले हराउन सक्तैन र गठबन्धनको पनि आवश्यक पर्दैन ।

केन्द्रीय समितिले निर्णय नगरेसम्म पार्टीका नेता, कार्यकर्ताको सोचाई फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै कोइरालाले आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने भनिए पनि जिल्ला र क्षेत्रलाई दबाब नदिए तालमेलबिनै कांग्रेस स्थानीय निर्वाचनमा विजयी हुने दाबी गर्नुभयो । उहँले आगामी स्थानीय निर्वाचनमा उम्मेदवारले गर्न सकिने काममा आधारित घोषणापत्र बनाउन निर्देशन दिनुभयो । भ्रामक घोषणापत्र बनाएर जनता भुल्याउने काम नगर्न उनको आग्रह गर्नुभएको थियो ।