५ जेष्ठ २०८१, शनिबार 1716091535
Banner

सन् २०२३ अहिलेसम्मकै ‘तातो’ वर्ष बन्ने

काठमाडौँ । भीषण गर्मी र तातो हावाका कारण सन् २०२३ जलवायु परिवर्तनको मामिलामा इतिहासकै सबैभन्दा तातो वर्ष हुने भएको छ । अक्टोबरमा असाधारणरुपमा रहेको तातो तापक्रमले पनि यस अनुमानलाई पुष्टि गर्ने बताइएको हो ।
 
युरोपियन युनियनको क्लाइमेट चेन्ज सर्भिसका अनुसार हावा र वैश्विक औसत तापमान हालसम्म सबैभन्दा गर्मी भएको अक्टोबर २०१९ को भन्दा ०.४ डिग्री सेल्सियस बढी गर्मी रहेको छ । शोधकर्ताहरूका अनुसार अत्यधिक वैश्विक तापक्रम सन् २०२४ सम्म जारी रहने सम्भावना रहेको छ । सन् २०२३ का अन्तिम दुई महिनामा तापक्रमको तथ्याङ्क बदलिने सम्भावना न्यून रहेका कारण यो वर्ष विश्वकै सबैभन्दा तातो वर्ष रहने तय भएको उनीहरूको जिकिर छ ।

यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो ।

आँधीलाई अधिक क्रूर र विनाशकारी बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वव्यापी तापक्रम वृद्धिद्वारा प्रेरित एक घटना समुद्री सतहको तापक्रम यस महिनाको लागि अहिलेसम्मकै उच्च रेकर्ड गरिएको छ ।

“अक्टोबर २०२३ मा असाधारण तापमानको विसङ्गति देखिएको छ, जसले यस पहिलेको चार महिनाको विश्वव्यापी तापमान रेकर्डलाई मेटाएको छ,” सी ३ एसका उपनिर्देशक सामन्था बर्गेसले भन्नुभयो । “सन् २०२३ रेकर्डमा सबैभन्दा न्यानो वर्ष हुनेछ, र हाल यो पूर्वऔद्योगिक औसतभन्दा १.४३ डिग्री सेल्सियस बढी छ ।”

“कोप २८ मा जाने महत्वाकांक्षी जलवायु कार्यको लागि तात्कालिकताको भावना कहिल्यै उच्च भएको छैन । सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा करिब २०० देशले औद्योगिक युगभन्दा अघिदेखि नै विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने र सम्भवतः सुरक्षित १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए ।

यी तापमान सीमाहरू एक वर्षको सट्टा धेरै दशकहरूमा औसतको रूपमा मापन गरिनेछ । यस वर्ष पनि एक तापमान वृद्धिका कारण ‘एल निनो’ मौसम घटनाको सुरुवात भएको छ, जसले दक्षिणी प्रशान्तमा पानीलाई न्यानो पार्छ र बाहिर तातो मौसमलाई बढावा दिन्छ । वैज्ञानिकहरूले सन् २०२३ को अन्त्यमा र अर्को वर्ष यसको सबैभन्दा नराम्रो असर महसुस हुने अनुमान गरेका छन् । कोपर्निकसका अनुसार औद्योगिक युगभन्दा अघिको उक्त महिनाको औसतभन्दा अक्टोबर १.७ डिग्री सेल्सियस बढी तातो थियो । सन् १८५० देखि सन् १९०० सम्मको औद्योगिक औसतभन्दा १.४३ डिग्री सेल्सियस बढी सन् १९४० को जनवरीयताको विश्वव्यापी औसत तापक्रम मापन गरिएको छ । यी आधिकारिक रेकर्डहरू बाहेक, जलवायु अझ पछाडि जाने अनुमानित तथ्याङ्क अध्ययनपछि सार्वजनिक भउका वैज्ञानिकहरूले बताएका छन् । यस वर्ष देखिएको तापमान मानव इतिहासमा अभूतपूर्व हुन सक्छ, सम्भवतः एक लाख वर्षभन्दा बढीमा सबैभन्दा तातो हुन सक्छ । ध्रुवीय क्षेत्रहरू बाहेक गत महिनाको महिनाको लागि औसत समुद्री सतह तापमान २०.७९ डिग्री सेल्सियस सम्म पुगेको बताइएको छ । एजेन्सी