१३ बैशाख २०८१, बिहीबार 1714046691
Banner

गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजे तर त्यो सजिलो छैन : महेश बस्नेत

चितवन – नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजे तर त्यो सजिलो नहुने बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने बताउनुभयो।

छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनी उहाँले व्यंग्य गर्नुभयो । गठबन्धनलाई धम्काउन एमालेलाई प्रयोग गर्न सजिलो नभएको भन्दै उहाँले चुनावमा बाबु–छोरी मिलेर आए पनि साइजमा राख्ने बताउनु भयो ।

एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एक ठाउँमा आएको भन्दै उहाँले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताउनु भयो । एमालेले एक्लै चुनावमा जाने बताए पनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उहाँले बताउनु भयो ।