७ जेष्ठ २०८१, सोमबार 1716195632
Banner

नेपालले भोलि युएईसँग खेल्ने

काठमाडौं । नेपालले टी–२० विश्वकपमा छनोट हुन युएईसँग खेल्ने भएको छ ।

आज भएको खेलमा नेपाल समूह चरणको खेलमा ओमानसँग ५ रनले पराजित भएपछि युएईसँग खेल्ने भएको हो ।

समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन ।

उता मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हरायो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित गरेको हो ।