२५ बैशाख २०८१, मंगलवार 1715098253
Banner

गोठाटारमा चल्यो गोली, २ जना नियन्त्रणमा

काठमाडौं । प्रहरीले चलाएर एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौंको गोठाटारमा गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ। प्रहरीले उनीहरुको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद गरेको खुलासा भएको छ ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।