६ जेष्ठ २०८१, आईतवार 1716110222
Banner

प्रिन्सिपल हत्याको विरोधमा मधेस प्रदेशका विद्यालय बन्द

बारा– बाराका प्रिन्सपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द भएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष ड.नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ । सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।