१३ बैशाख २०८१, बिहीबार 1714091713
Uncategorized

पाल्पामा जीप दुर्घटना हुँदा ५ जना घाइते

पाल्पा।पाल्पाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । आज बिहान ७ बजे हेक्लाङ्गबाट तानसेन आउँदै गरेको लु १ ज २६०७ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरू मध्ये पूर्बखोला ६ हेक्लाङ्गका बर्ष २८ का पूर्ण बहादुर फालको अवस्था गम्भीर रहेको ताँहु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोला कुवाँरले जानकारी दिनुभयो । अन्य घाइते हुनेहरूमा सोही स्थानका बर्ष १९ का चिरञ्जीवी सारू,बर्ष २९ का प्रेम सिंजाली,बर्ष ३० का टेक बहादुर पल्ली र सोही स्थानकै बर्ष ४६ की पबिसरा सारू रहेको ताँहु प्रहरीले जनाएको छ ।

घाइतेलाई थप उपचारका लागि तानसेन पठाइएको छ । जीप बाटोबाट करिब १ सय मिटर तल खसेको छ । दुर्घटना खराब सडकमा खाल्टोमा परि स्ट्रिङ्ग फेल हुँदा भएको प्रहरीले जनाएको छ ।