३० बैशाख २०८१, आईतवार 1715516572
Banner

साउदी अरब नेपालसँग ३०१ रनको अन्तरले पराजित

काठमाडौं । नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई उल्लेखित फराकिलो अन्तरले पराजित गरेको हो ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।