१४ बैशाख २०८१, शुक्रबार 1714162202
Uncategorized

सत्ता गठबन्धन बैठक बस्दै

सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक सोमबार बिहान बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल हुने बैठकको प्रमुख एजेन्डा छ ।

उहाँले भन्नुभयो, “नेकपा माओवादीको पनि महाधिवेशन चलिरहेको र अरू दलका नेता पनि व्यस्त भएकाले आइतबार बिहान बस्ने भनेको बैठक बस्न सकेन । सोमबार बिहान सत्ता गठबन्धन दलको बैठक बोलाइएको छ ।” बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता साझेदार दलबीच कसरी उम्मेदवारी दिने भन्ने विषयले प्रवेश पाउने छ र सकभर सोमबारको राष्ट्रिय सभाको चुनावी रणनीतिको अन्तिम टुङ्गो लगाउने बालुवाटार स्रोतको भनाइ छ ।त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको विषयले पनि बैठकमा प्रवेश पाउने भएको छ ।