२०७९ आश्विन १६ आईतवार 1664758737
पर्यटन

चट्टान आरोहण गराउन सिकाउँंदै सगरमाथा आरोही कल्पना

काठमाडौ । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भएको हो ।

इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ ।