६ बैशाख २०८१, बिहीबार 1713442668
कृषि

किसानले माछाको भुरा सहयोग पाए

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग पाएका छन् । गाउँपालिका पशुसेवा शाखाले माछापालन गर्ने नौजना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मङ्गलबार किसानलाई माछाको भुरा हस्तान्तरण गर्नुभएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७८र०७९ पशुसेवातर्फको वार्षिक स्वीकृत कार्यक्रमको ‘मत्स्य मिसन कार्यक्रम’ अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो । गाउँपालिकाका वडा नं। ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशुसेवा शाखाका प्रमुख पवन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । नौजना किसानलाई गरी १५ हजार वटा भुरा दिइएको छ ।

तनहुँको खहरेबाट ९५ हजार रुपियाँमा भुरा खरिद गरी ल्याएर किसानलाई दिएको गाउँपालिकाले जनाएको छ । माछाको भुरा कार्प जातको छ । कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव नौ महिना उमेरको छ । पशु सेवा शाखा प्रमुख श्रेष्ठले माछाको बारेमा र माछा हाल्ने तरिकाको बारेमा जानकारी गराउनुभएको थियो ।