१३ बैशाख २०८१, बिहीबार 1714079614
Uncategorized

उदयपुर काठमाडौं सम्पर्क मञ्चले शुभकामना आदान प्रदान कार्यक्रम राख्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्धहरुको सहभागिता रहेको उदयपुर–काठमाडौं सम्पर्क मञ्चले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि चैत्र २६ गते शनिबार मञ्चले उदयपुरबाट काठमाडौंमा बसोबास गरिरहनुभएका जिल्लाबासीहरुलाई सहभागि हुन आग्रह गरेको छ ।

उदयपुर काठमाडौं सम्पर्क मन्चका अध्यक्ष उमाकान्त चौधरीले काठमाडौंको प्रशर्दनीमार्गमा शनिबार सबैलाई भेला हुन आग्रह गर्नुभएको छ । विहान ११ बजे आयोजित कार्यक्रममा नयाँ बर्षको शुभकामना आदान प्रदानसँगै, भित्तेपात्रो विमोचन, प्रतिनिधिसभा, प्रदेशसभा, नगरपालिका, गाउँपालिका सम्पर्क मञ्च गठन गरिने बताउनुभयो ।