१३ बैशाख २०८१, बिहीबार 1714093979
कला/साहित्य

पल शाहको थुनछेक बहस आज हुँदै

काठमाडौं । पल शाहको थुनछेक बहस आज हुँदैछ । नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बकपत्र र थुनछेक बहसका लागि पल शाहलाई हिजो नवलपुर लगिएको छ । नवलपुर जिल्ला अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पौडेलले शाहलाई मुद्दाको प्रकृया अगाडि बढाउन हिजो नवलपुर ल्याइएको बताउनुभयो । शाह हाल तनहुँ जिल्ला कारागारमा रहेका छन् ।

तनहुँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको अभियोग छ ।