२०७९ मंसिर २० मंगलवार 1670381236
राजनीति

इलाम नगरपालिका ५ मा एमाले वडाका सबै उम्मेद्वार सर्वसम्मत

इलाम – नेकपा एमालेले गठबन्धन विरुद्ध एकतावद्ध हुनका लागि सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गर्न सुरु गरेको छ । हिजो इलाम नगरपालिका वडा नं.५ ले वडा अध्यक्ष,दुई खुला सदस्य,एक महिला र एकजना दलित महिला सदस्य सर्वसम्मत रुपमा सिफारिस गरिएको एमाले इलाम नगरपालिकाले जनाएको छ ।

सर्वसम्मत रुपमा सिफारिस भएका उम्मेद्वारहरूमा वडाध्यक्षमा गृष्म सुब्बा, सदस्यमा जीतबहादुर श्रेष्ठ जीबी र गायत्री बजगाई खुला सदस्य सिफारिस भएका छन् । यसैगरी बिष्णु तुम्बापो महिला सदस्य र बलिमाया घतानीलाई दलित महिला सदस्यमा सर्वसम्मत सिफारिस गरिएको जनाइएको छ ।

सूर्योदय हुने जिल्ला इलामले देशैभरीका लागि शुभ संकेत दिएको स्थायी कमिटी सदस्य एवं प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्कीले बताउनुभयो । इलामको वडा नं ५ ले जस्तै देशैभरी आवश्यक मात्रामा सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गर्ने हो भने महगठबन्धन भए पनि एमालेको विजयलाई कसैलाई रोक्न नसक्ने कार्कीको भनाइ छ ।