१३ बैशाख २०८१, बिहीबार 1714080929
कला/साहित्य

रणबीर र आलिया बिवाह गर्दै

काठमाडौं । भारतीय अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टको बिवाह हुने पक्का भएको छ । उनीहरु यहि अप्रिल महिनाको दोस्रो साता बिवाह बन्धनमा बाधिने भएका हुन ।रणीबर र आलियाले लामो समय देखिको प्रेम सम्बन्धलाई अब बिवाहमा परिणत गर्न लागेका हुन् । धेरै समय अघिदेखि यो जोडीको बिवाह हुने कुरा चर्चामा आएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार आलियाको मामा घरका हजुरबुवा एन राजदानको स्वास्थ्य अवस्था ठिक नभएको र उनले नातिनी आलियाको रणबीरसँग बिवाह भएको हेर्ने इच्छा व्यक्त गरेका थिए । रणबीर र आलियाको बिवाह बाहिर नभएर मुम्बइमानै हुनेछ । उनीहरूको बिवाह रणबीरको पुर्खौली घर आरके हाउसमा हनेछ । जहाँ रणबीरका बुवा ऋषि कपुर र आमा नीतु कपुरले बिवाह गरेका थिए । उनीहरूको बिवाहमा ४र५ सय मानिसहरूलाई मात्र निमन्त्रणा गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।