२१ बैशाख २०८१, शुक्रबार 1714764508
Banner

इजरायलमा मृत्यु भएका नेपालीहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने, परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको भएको छ ।

सरकारले भोलि राष्ट्रिय शोक मनाउने गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सो निर्णय भएको हो ।

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सो निर्णय भएको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।