२१ बैशाख २०८१, शुक्रबार 1714737025
Banner

आरोही गाइड तेन्जेन शेर्पा (लामा)को हिमपहिरोमा परी मृत्यु

काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) हिम पहिरोमा परी बेपत्ता भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी उनी बेपत्ता भएका हुन् ।

२० असोजका दिन करिब १ बजे गएको हिम पहिरोमा परी अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता भएको मन्त्रालयले उल्लेख गरेको छ ।

८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी बनाएका थिए ।