८ बैशाख २०८१, शनिबार 1713627086
Uncategorized

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा

काठमाडौं- पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेल्नुभएको थियो ।

झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष हुनुहुन्थ्यो । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराउनुभएको थियो ।