७ बैशाख २०८१, शुक्रबार 1713518176
Banner

साना दलको गुनासो नसुनेको भन्दै निर्वाचन आयोगको बैठकस्थलमै नाराबाजी

काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा तनाव सिर्जना भएको छ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न आज विहान बोलाएको छलफलमा साना दलको गुनासो नसुनेको भन्दै बिरोध उत्पन्न भएको हो । छलफलमा सहभागी हुन गएका साना राजनीतिक दलका नेताहरूले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको इसारामा चलेको भन्दै विरोध गरेका थिए । केही नेताहरूले बैठकस्थलमै निर्वाचन आयोगविरुद्ध नाराबाजी समेत गरेका थिए । छलफल तनावग्रस्त भएपछि केहीबेर आयोगले छलफल नै रोकेको थियो । कार्यक्रममा केहीबेर प्रमुख निर्वाचन आयुक्तसँग दलका नेताहरुको सवाल जवाफ भएको थियो ।

साना दलहरुको बिरोधकै बीच ठुला दलका नेताहरुले भने स्थानीय तह निर्वाचनका लागि आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै दलका नेताहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

स्थानीय निर्वाचनमा ७९ दलले भाग लिँदै छन् ।