३० बैशाख २०८१, आईतवार 1715517042
Banner

एक दिवसीय विश्वकप क्रिकेट २०२३ सुरु

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट २०२३ सुरु भएको छ ।

आज सो विश्वकप क्रिकेटकप अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु भएको हो । उद्घाटन म्याचमा साविक विजेता ईंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्ड भिड्दैछन् ।

कुनै औपचारिक उद्घाटन समारोहबिनै विश्वकप सुरु भएको हो ।

यसअघि बलिउड र टलिउडका स्टारहरु रणवीर सिंह, अरजित सिंह, तमन्नाह भाटिया, वरुण धवन, आशा भोस्ले, शंकर महादेवन लगायतले नरेन्द्र मोदी रंगशालामा बुधबार ४ देखि ७ बजेसम्म प्रस्तुति दिने भनिएको थियो । तर, टाइम्स अफ इन्डियाले विशेष सुत्रलाई उद्वृत गर्दै उद्घाटन समारोहको कुनै तयारी नगरिएको जनाएको छ ।