८ बैशाख २०८१, शनिबार 1713637839
Banner

आचारसंहितामा प्रतिबद्ध बनाउन आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मंगलबार बिहान ११ : ३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरूलाई आचारसंहितामा पूर्ण प्रतिबद्ध रहने प्रतिबद्धतापत्रमा आज हस्ताक्षर गराउँदै छ ।

आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने ६ वटा राष्ट्रियसहमति कुल ७९ वटा राजनीतिक दललाई आचारसंहितासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउन लागेको हो ।

‘आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्ध रहनेगरी आयोगले दललाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउँदै छ, दलहरूलाई हस्ताक्षर गराएपछि आयोगले उपर्युक्त समय हेरेर निर्वाचन आचारसंहिता जारी गर्छ,’ आयोगले भन्यो । ०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो।