६ जेष्ठ २०८१, आईतवार 1716165738
Banner

बाँके नेपालगञ्ज उपमहानगरपालिकामा कर्फ्यू

काठमाडौं । बाँकेको नेपालगञ्जउपमहानगरपालिकामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।

मंगलबार बिहान नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव र्‍याली निकालिएको थियो ।

नेपालगञ्जको वीपीचोकबाट निकालिएको सद्भाव र्‍याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न धर्माका अनुयायी, राजनीतिक कर्मी, नागरिक समाज सम्मिलित सद्भाव ¥याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।