१२ बैशाख २०८१, बुधबार 1714018066
Banner

श्रीलंकामा नयाँ चार मन्त्री नियुक्त

काठमाडौं । श्रीलंकामा सोमबार एकैपटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबायाले चार नयाँ मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त चार मन्त्रीले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति गोटबायाले राष्ट्रमा गम्भीर आर्थिक र राजनीतिक संकटको बीच पुरानो मन्त्रिमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि नयाँ मन्त्रिमण्डल घोषणा गरेको बताए ।

पूर्वन्यायमन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिएका छन् भने जिएल पेइरिस विदेशमन्त्री बनेका छन् । यस्तै, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्त्रीको रूपमा शपथ लिएका छन् ।