६ जेष्ठ २०८१, आईतवार 1716178789
Banner

जिल्ला अदालतद्वारा अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

प्रहरीले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । १० लाख रुपैयाँ पेश्की लिएर ‘रावायण’ फिल्म खेल्न आनाकानी गरेपछि उनीविरुद्ध निर्माण युनिटले आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।