११ बैशाख २०८१, मंगलवार 1713894066
समाज

न्युनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष खड्काद्वारा पद वहाली ग्रहण

काठमाडौं । पत्रकारको न्युनतमतम पारिश्रामिक निधारण र अनुगमन गर्ने न्यूनतम पारिश्रामिक निर्धारण समितिको अध्यक्ष संगिता खड्काले पद बहाली गर्नुभएको छ । चैत्र १७ गते मन्त्रीपरिषदको निर्णयवाट अध्यक्षमा नियुक्त हुनुभएको खड्काले आज पद बहाली गर्नुभएको हो।

समितिको सदस्य समेत रहिसक्नुभएकी खड्का प्रेस काउन्सील नेपालको सदस्य र नेपाल पत्रकार महासंघको पूर्व सचिव हुनुहुन्छ । पदभार ग्रहण गर्दै अध्यक्ष खड्काले पत्रकारको पक्षमा काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘मेरो ज्ञान, क्षमता र सबैको सहयोग लिएर पत्रकारको पक्षमा काम गर्छु ।’

समितिमा पहिलो पटक महिला अध्यक्ष नियुक्त गरिएको हो ।