३ जेष्ठ २०८१, बिहीबार 1715879673
अर्थ

एमसीसीकी कार्यकारी प्रमुख कार्यकारी अधिकृत पाँच दिने नेपाल भ्रमणमा आउने

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आउने भएकी छन् ।

नेपालमा अमेरिक प्रोजेक्ट एमसीसी कार्यान्वयन भएको एक महिना नपुग्दै उनी पाँच दिने भ्रमणका लागि नेपाल आउने भएकी हुन् ।

निकै लामो समयदेखि चर्चामा रहेको सो परियोजना यही भदौ १३ गतेदेखि कार्यान्वयनमा आएको छ । परियोजना कार्यान्वयनका लागि अमेरिकाले अनुदानस्वरुप ५५ लाख अमेरिकी डलर दिएको छ भने नेपालले त्यसमा आफ्नो केही मात्र लगानी गरेको छ ।

यसअघि एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन घोषणाका क्रममा एमसीसीका उपाध्यक्ष क्यामरुन एस अल्फोर्ड पनि काठमाडौं आएका थिए ।

एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

‘एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा अर्को साता नेपाल भ्रमण गर्नुहुने भएको छ’, काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ ।

एलिसले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ ।

भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ । त्यस बाहेक उनले अन्य राजनीतिक दलका केही शीर्ष नेताहरूसँग पनि भेट्ने योजना छ ।