५ जेष्ठ २०८१, शनिबार 1716088741
प्रदेश

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने एक जना चिकित्सक पक्राउ परेका छन् ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–४ का अरुणकुमार झालाई पक्राउ गरेको हो ।

उनले लेखेको स्टाटस मुख्यमन्त्रीलाई कालो मोसो दल्ने मात्र नभइ सामाजिक सद्भाव भड्काउन प्रेरित गर्ने शब्द प्रयोग भएका थिए ।

मौखिक उजुरीको आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । उनी आयुर्वेद चिकित्सक हुन् ।