५ जेष्ठ २०८१, शनिबार 1716082993
Banner

राष्ट्रपति रामचन्द्र पौडेल हिँडेरै इन्द्रजात्रामा सहभागी हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जाने भएका छन् ।

सर्वसाधारणको भीडभाड हुने स्थानमा गाडी लैजान उपयुक्त नहुने भन्दै उनले हिँडेरै जात्रामा सहभागी हुने तयारी गरेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपतिलाई सुरक्षा चुनौती हुने भन्दै नेपाली सेनाले भने त्यसो नगर्न आग्रह गरेको छ ।

विशेष सुरक्षासहित गाडीमै वसन्तपुर जानुपर्नेमा सेनाको जोड छ ।

राष्ट्रपति पौडेलले आफू सर्वसाधारणसँगै हिँडेर त्यहाँसम्म पुग्ने र राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अडान राखेका छन् । सुरक्षासहित आफू सवार गाडी जुद्धसालिकमा रोकेर हिँडेर जात्रास्थलमा पुग्ने राष्ट्रपतिको अडान छ ।