३ जेष्ठ २०८१, बिहीबार 1715903408
विश्व

चीनले चीनले अन्तरिक्षमा पठायो ‘रिमोट सेन्सिङ’ उपग्रह

काठमाडौं । चीनले नवीनतम ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

उत्तरपश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट स्थानीय समयानुसार बिहान ४ः१५ बजे प्रक्षेपण गरेको हो ।

यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम र राहतकार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ४८९औँ उडान अभियान हो ।