६ जेष्ठ २०८१, आईतवार 1716169739
Banner

४ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं । दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ।

चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिइन्।

बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रण लिएको छ। र,आजै पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने दोलखा प्रहरीको तयारी छ।

गत आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ। चीनले बन्दगरेको लप्ची नाकाबाटै सुन तस्करले भित्राएको हुन सक्ने प्रहरीको अनुमान छ।