३ जेष्ठ २०८१, बिहीबार 1715899047
Banner

बूढानीलकण्ठ-२ ले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, सम्बन्धित सबैलाई उपस्थिति भइदिन आग्रह

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ ले ज्येष्ठ नागरिकलाई सम्मान तथा सामग्री वितरण गर्ने भएको छ ।
बूढानीलकण्ठ वडा नम्बर २का अध्यक्ष राजेन्द्र श्रेष्ठले यही मिति २०८० असोज १३ गते बिहान ११ बजे ज्येष्ठ नागरिकलाई सम्मान तथा सामग्री वितरण गरिने बताए ।

कार्यक्रम ज्येष्ठ नागरिक भवन (ज्येष्ठ नागरिक भवन पार्क)मा कार्यक्रम हुने उनको भनाइ छ ।

‘प्रस्तुत विषयमा यस बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २बाट ७५ वर्ष उमेर पूरा भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तथा नगर्ने ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा सामग्री वितरण कार्यक्रम तपशिलबमोजिम मिति र स्थानमा आयोजना गरिने हुँदा यस वडा नम्बर २ मा बसोबास गर्ने ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुले उक्त कार्यक्रममा उपस्थित भई सम्मान ग्रहण गरिदनुहुन यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

अध्यक्ष श्रेष्ठ सामाजिक कार्यमा सक्रिय छन् ।