५ जेष्ठ २०८१, शनिबार 1716036122
Banner

एकीकृत समाजवादीले जारी गरेको अपानि कार्यान्वयन नहुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानि( ११ कार्यान्वयन नहुने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अपानिमा विवाद भएपछि सो अपानि कार्यान्वयनका लागि रोकिएको हो ।

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले भदौ ५–७ मा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि जारी भएको अपानिको कार्यान्वयन रोक्ने निर्णय भएको जानकारी दिए ।

‘अस्ति जारी भएको अपानि कार्यन्वयनमा रोक लगाइएको छ त्यो अपानि कार्यान्वयन हुँदैन । अब पुन परिमार्जन गरेर मात्रै कार्यान्वयनमा जाने अर्को अपानि जारी हुन्छ’, नेता खनालले भने, ‘रोक्ने निर्णय भएपछि कार्यान्वयनमा जाने कुरै भएन ।’ उनले के–के विषय परिमार्जन हुने भन्नेबारे भने खुलाएनन् ।

अध्यक्ष नेपालले छलफलबिनै अपानि–११ जारी गरेको भन्दै नेताहरुले चर्को असन्तुष्टि जनाउँदै कतिपयले राजीनामा नै दिएका थिए ।