८ बैशाख २०८१, शनिबार 1713622716
प्रदेश

आज यी प्रदेशमा हुँदैछ वर्षा

काठमाडौं । भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावका कारण आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईरमधेशका भू-भागमा हल्का तापक्रम बढ्ने जनाइएको छ।

महाशाखाका अनुसार सोमवार बिहान प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकएको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहने छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।