४ जेष्ठ २०८१, शुक्रबार 1715952905
Banner

पूर्वखेलाडी पारस खड्का क्यानको सचिव पदमा निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

शनिबार भएको भएको निर्वाचनमा खड्काले निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई फराकिलो मतले पराजित गर्दै सो पदमा निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् ।

पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।