४ जेष्ठ २०८१, शुक्रबार 1715967456
Banner

क्यान निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मतदाता नामावली सार्वजनिक गरेको छ । आज हुने केन्द्रीय कार्यसमिति निर्वाचनका लागि क्यानले ८५ जना मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो । शनिबार बानेश्वरस्थित एभरेष्ट होटलमा मतदान हुँदै छ ।

शुक्रबार झापाबाट दुई जना प्रतिनिधि फरकफरक माइन्युटसहित आएपछि विवाद भएको थियो । विवादका कारण उनीहरू दुवै जनाले मतदान गर्न नपाउने भएका हुन् ।

११ः २० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११:४० बजे उम्मेदवारको मनोनयम उपर उजुरी र छानबिन हुने कार्यतालिका रहेको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गरिने निर्वाचन समितिले जनाएको छ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पनि यसपटक पदाधिकारीका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।