९ जेष्ठ २०८१, बुधबार 1716406948
राजनीति

रास्वपाले पहिलो चरणमा असोज ३ देखि ७ सम्म जनआवाज सुन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयारका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने भएको छ ।

रास्वपाले सभापति रवि लामिछानेसहित केन्द्रीय सदस्य र सांसदहरुलाई ‘जनआवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणमा १९ जिल्लामा पठाउने भएको हो ।

महामन्त्री मुकुल ढकालका अनुसार १९ जना नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्नेछन् ।

जनआवाज सुन्ने कार्यक्रम संविधान दिवसको दिन (३ असोज) बाट सुरु गरे पहिलो चरण ७ असोजमा सकिने बताइएको छ ।