५ जेष्ठ २०८१, शनिबार 1716060577
Banner

साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने सो च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन् । पाकिस्तान भने भोलि बुधबार आइपुग्ने एन्फाले जनाएको छ । च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।